यस्ताे छ ‘चपली हाइट ३’ को ट्रेलर

काठमाडौँ । चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट ३६ सेकेन्डको ट्रेलरमा हत्या र त्यसपछिको अनुसन्धानको कथालाई देखाइएको छ । ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ ।

पुस २ गते रिलिज हुने चलचित्र अर्जुनकुमारले निर्माण गरेका हुन् । चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, लक्ष्मी बर्देवा, जीवन भट्टराई, अर्पण थापा, दीपा श्री निरौला लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *