नवलको चलचित्र ‘काँडेतार’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘काँडेतार’ को छायांकन विराटनगरबाट सुरु भएको छ । निर्माता तथा निर्देशक नवल खड्काले चलचित्रको छायांकन गुपचुप सुरु गरेका हुन् ।

नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा बन्न लागेको चलचित्रको विषयले छायाङ्कनमा अवरोध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उनी चुपचाप छायाङ्कनमा लागेका हुन् ।

चलचित्रमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रवीन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी लगायतको मुख्य भूमिका देख्न सकिन्छ । सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अभिनय गर्नका लागि कलाकार मुरलीधर अहिले मुम्बईबाट नेपाल आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *