ए डिभिजन लिग आजबाट : अनुभवी फ्रेन्ड्सलाई नयाँ सातदोबाटोको चुनौती

काठमाडौँ । नेपाली फुटबलको सर्वाधिक प्रतिक्षित र ठूलाे पुरस्कार राशी रहेको प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिग शुक्रबारबाट शुरू हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

पहिलो खेल अपराह्न ४:४५ मा शुरू हुनेछ । पहिलो पटक शीर्ष डिभिजनमा प्रतिस्पर्धा गर्न लागेको सातदोबाटो निकै उत्साहित छ। सातदोबाटो ‘बी’ डिभजिनबाट यसै वर्ष ए डिभिजनमा बढुवा भएको हो । सातदोबाटो टिमलाई घरेलु फुटबलका अनुभवी र सफल प्रशिक्षक मानिने मेघराज केसीले सम्हालेका छन् । आफ्नो अनुभव र खेलाडीको आत्मविश्वासले राम्रो नतिजा ल्याउन सकिनेमा विश्वस्त रहेको बताउने केसी खेलाडीका लागि यो स्तरको प्रतियोगिताको अनुभव धेरै नभएकाले केही चुनौती भने रहेको स्वीकार्छन् ।

ए डिभिजनको अनुभवी टाेली फ्रेन्ड्स भने लामो समयबाट लिग खेल्दै आएपनि सधैँ मध्यम स्तरमा नै रहँदै आएको छ । फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले सातदोबाटोसँगको खेल सहज नभएको बताए । उनले क्लबको उद्देश्य रेलिगेशनबाट जोगिएर जतिसक्दो माथिल्लो वरीयतामा रहनु हुने बताए । उनले नयाँ क्लब र बलियो जोस भएकाले सातदोबाटोलाई कम आँकलन नगर्ने बताए ।

यस पटकको लिगको पुच्छारका रहने दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । यसपटकको विजेताले ७५ लाख रुपैयाँ पुरस्कार पाउने छ । यस्तै उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *