करण सिंहको चलचित्रमा पल शाह अनुबन्धित

काठमाडौँ । करण सिंहको निर्माणमा बन्न लागेको नयाँ चलचित्रमा नायक पल शाह अनुबन्धित भएका छन् । आर.के.एस इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने लभ स्टोरी चलचित्रको कथा सिंहकै रहेको छ भने पटकथा अभिमन्यु निरवीको रहनेछ ।

चलचित्रको नाम भने हाल सम्म सार्वजनिक गरिएको छैन । चलचित्रको लागि नायिका र अन्य कलाकार तथा प्राविधिक टिमको छनोट गर्ने कार्य भई रहेको छ । माघको अन्तिम साता फ्लोरमा निस्कने चलचित्रको डिजिटल राइट डिआर मुभिजले खरिद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *