राप्रपाले फेरि सार्‍यो महाधिवेशन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको मिति फेरि सारेको छ । पार्टीका अध्यक्षत्रय पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।

केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले जारी गरेकाे विज्ञप्तिमा महाधिवेशन सारेकाे उल्लेख छ । राप्रपाले यसअघि मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने  तय थियाे । अब भने मंसिर १५, १६ र १७ गते महाधिवेशन हुने भएको छ ।

यस्तै राप्रपाले बिहीबार नै महाधिवेशन प्रतिनिधि चयनको मिति पनि हेरफेर गरेको छ । मंसिर ३ देखि ५ भित्र महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका थियो । त्यसलाई हेरफेर गरी मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने राप्रपाको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *