धनकुटाको राम बजारमा आगलागी, दुई घर जलेर नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको लेगुवास्थित राम बजारमा आगलागी भएको छ ।  गएराति २ बजेदेखि सुरु भएको आगलागी हाल नियन्त्रणमा आइसकेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राम नारायण श्रेष्ठले मकालुखबरलाई जानकारी दिए ।

आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको श्रेष्ठले बताए । आगलागी भएको घरमा ग्यारेज रहेकाले मोटरसाइकल समेत जलेको सहायक प्रजिअ श्रेष्ठले बताए । यद्यपि क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *