टाटा मोटर्सले शुक्रबारदेखि ‘एक्सचेन्ज क्याम्प’ आयोजना गर्दै

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेइकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमको आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम मंसिर ३ देखि ७ गतेसम्म नेपालभरि रहेका टाटा मोटर्सको सोरुमहरुमा आयोजना हुनेछ ।

सो अवसरमा ग्राहकले टाटा मोटर्सको सोरुममा गएर कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन ईभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।

साथै उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सकिने छ भने यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने छ ।

यसका साथै फाइनान्सको सुविधा, गाडीको एसेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *