‘चोलेन्द्रले अझै न्यायालय हाँक्छु भन्नु दिवास्वप्न’

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले चोलेन्द्रशमशेर जबरा अब प्रधान न्यायाधीशको हैसियतमा सम्मानित पदमा एकछिन पनि रहन नहुने बताएका छन् । ‘उहाँ (चोलेन्द्रशमशेर जबरा) ले अब न्यायालय हाँक्न सक्नुहुन्न,’ बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध सभामा ऐक्यबद्धता जनाउँदै शाक्यले भने, ‘हाँक्नु भन्दा पनि त्यो दिवास्वप्न हुन्छ ।’

आफूहरूको आन्दोलन निरन्तर रहने र अझ सशक्त बनाउँदै लाने विषयमा मुलुकभरका ९० वटै इकाइहरू तयार रहेको शाक्यले दाबी गरे । ‘अब उहाँको निरन्तरतालाई हामी वैधता दिँदैनौँ,’ शाक्यले भने, ‘हामी सशक्त आन्दोलन गर्न तयार छौँ । यसमा हाम्रो इकाइहरूसमेत तयार छन् ।’

प्रधान न्यायाधीश जबरालाई ‘डुब्न लागेको घाम’ को संज्ञा दिएका शाक्यले थपे, ‘हामीले हाम्रो पूर्ण शक्ति परिचालन गरेका छैनौँ । यो त खाली ट्रेलर मात्रै हो, फुल पिक्चर आउन बाँकी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *