युगान्डाको राजधानीमा भएको आत्मघाती हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा

कम्पाला – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार युगान्डाको राजधानीमा भएको आत्मघाती आक्रमणको निन्दा गरेका छन्‚ जसमा तीन आत्मघाती हमलाकारीसहित ६ जनाको ज्यान गएको थियो ।

‘म युगान्डामा भएको घृणित आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछु । म पीडितका परिवारप्रति समवेदना प्रकट गर्दछु र घाइतेहरूको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु,’ गुटेर्रसले ट्वीटमा लेखेका छन् । उनले थप टिप्पणी गर्दै ‘यी आक्रमणमा संलग्न सबै व्यक्तिहरूलाई तुरुन्तै न्यायको दायरामा ल्याउनुपर्ने’ धारणा राखेका छन् ।

युगान्डा प्रहरीले जनाएअनुसार मङ्गलबार बिहान एउटा प्रहरी चौकीको सुरक्षास्थल र सरकारी कार्यालयहरू भएको सडकमा भएका दुई विष्फोटमा पनि ३३ जना घाइते भएका थिए ।

युगान्डाले मध्यअफ्रिकामा इस्लामिक स्टेटसँग सम्बद्ध सहयोगी प्रजातान्त्रिक बलहरूलाई आक्रमणको दोष लगाएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *