जीतबहादुर खत्रीले जिते यतीको दशैँ तिहार अफरको स्कुटर

काठमाडौँ । यती एअरलाइन्सले सञ्चालन गरेको दशैं तिहार अफरमा जीतबहादुर खत्रीले स्कुटर जितेका छन् । यतीले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमकेदार दशैँ तिहार अफरका विजेता खत्री बनेका हुन् ।

उनले पोखरा-काठमाडौँको उडान गरेका थिए । यतीले फेसबुक लाईभमार्फत् आयोजना गरेको लक्की ड्र कार्यक्रमबाट खत्रीलाई विजेता घोषणा गरिएको हो ।

विजेता बनेसँगै उनले दुई लाख ६७ हजार नौ सय रुपैयाँ मूल्य बराबरको यमाहा फसिनो एफआई १२५ स्कुटर प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *