‘नेपाल मिडिया अवार्ड २०७८’ हुने

काठमाडौँ । ड्रिम हाई नेपाल प्रालिको आयोजनामा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुने भएको छ । मिडियाकर्मीहरूको सम्मानमा आयोजना हुन लागेको अवार्ड कार्यक्रममा नेपाल पत्रकार महासङ्घको समेत सहकार्य रहनेछ ।

काठमाडौँको एक पाँच तारे होटेलमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड गरिने जानकारी दिइएको थियो ।

२५ भदा बढी विधामा रहेर टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिता गरिरहेका संस्था तथा व्यक्तिहरूलाई छानेर अवार्ड दिइने आयोजकले बताएका छन् । अवार्डका लागि एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार मानिने आयोजकले जनाएका छन् ।

राजधानी केन्द्रित नभएर सातै प्रदेश र महासङ्घ अन्तर्गतका एसोसिएट र प्रतिष्ठान प्रदेश अन्तर्गतका पत्रकारलाई समेत अवार्डमा सहभागी गराइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *