कांग्रेस प्रचण्डपथमा लाग्यो : ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा लागेको आरोप लगाएका छन् ।

बुधबार बाँकेको नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बीपी कोइराला‚ गणेशमान सिंह‚ कृष्णप्रसाद भट्टराईको कांग्रेस अहिले नभएको र प्रचण्डको बोलीअनुसार कांग्रेस हिँडेको टिप्पणी गरेका हुन् ।

‘कांग्रेस त प्रचण्डपथमा लागिसक्यो । बीपी गणेशमान, कृष्ण भट्टराईको कांग्रेस कहाँ छ, प्रचण्डले जे भने कांग्रेस त त्यही बाटोमा हिँडिसक्यो,’ ओलीले भने, ‘कांग्रेस कहाँ पुग्यो ? चुनावसम्मै कायम रहन्छ भनिरहेका छन् ।’

अध्यक्ष ओलीले कांग्रेसलाई एमालेसँग एक्लै चुनाव लड्नसमेत चुनौती दिँदै भने‚ ‘कसैसँग दम छ ? पुरानो नेपाली कांग्रेसलाई सोध्न चाहन्छौँ- एक्लै लड्ने दम छ ? हिजोको कांग्रेस होइन‚ अब बुढो भइसक्यो । अरुसँग तालमेल मिलाउँदा मिलाउँदै कहाँ पुग्ने हो थाहा छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *