भारत र न्युजिल्यान्डबीच आजदेखि सुरु हुँदै टी-ट्वेन्टी सिरिज

काठमाडौं । टी-ट्वेन्टी विश्वकपको शीर्ष १२ बाटै बाहिरिएको भारत र प्रतियोगिताको फाइनल पुगेको न्युजिल्यान्डबीच आजबाट तीन खेलको टी-ट्वेन्टी सिरिज सुरु हुँदैछ ।

पहिलो खेलमा यी दुई टीम राति ७:३० मा जयपुरमा प्रतिस्पर्धा गर्दैछन् ।

भारतीय टीम नयाँ कप्तान रोहित शर्मा तथा नयाँ प्रशिक्षक राहुल द्रविडको नेतृत्वमा मैदानमा हुनेछ । साथै केहि मुख्य खेलाडी टीम बाहिर रहनेछन् ।

पहिलो पटक रोहित पूर्ण रुपमा टी-ट्वेन्टी कप्तानको रुपमा भारतलाई नेतृत्व गर्नेछन् । क्लब क्रिकेटमा सफल कप्तानको परिचय बनाएका रोहितका लागि अब देशलाई सफल बनाउनुपर्ने चुनौती रहेको छ ।

पछिल्लो समय निकै आक्रामक देखिएको भारतलाई रोहितले सोही लयमा लैजालान् या ट्रयाक चेन्ज गर्लान् त्यो भने समयले बताउनेछ ।

न्युजिल्यान्ड र भारतबीच अहिलेसम्म कुल १७ खेल भएका छन् । जसमा न्युजिल्यान्डले ९ खेलमा जित निकाल्दा भारतले ६ खेलमा जित निकालेको छ । यी दुईबीच अहिलेसम्म २ खेल बराबरी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *