सर्वोच्चका कर्मचारीहरू पनि आन्दोलनमा, हस्ताक्षर अभियान सुरु

काठमाडौँ । न्यायालयमा देखिएको वर्तमान संकट समाधानका लागि सर्वोच्च अदालतका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । वर्तमानको समस्याको समाधान र अदालतमा देखिएका विकृति तथा विसंगतिको अन्त्य हुनुपर्ने माग राख्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले न्यायालयमा देखिएको संकट समाधानका लागि हस्ताक्षर अभियानसमेत सुरु गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको माग गर्दै कानुन व्यवसायीले गरेको आन्दोलनले सर्वोच्चको काम विगत तीन सातादेखि अवरुद्ध छ ।

नेपाल बार एसोसिएसन र न्यायाधीशहरू आन्दोलित भएको तीन सातापछि सर्वोच्च अदालतका कर्मचारीहरू नै आन्दोलित भएका हुन् ।

आन्दोलनको पहिलो चरणमा अदालतका सम्पूर्ण कर्मचारीहरूले हस्ताक्षर संकलन गरेर बुझाउने बताइएको छ ।

अदालतमा देखिएका विकृति र विसंगति हटाउन देशभरका अदालतका कर्मचारी एवं न्यायाधीशहरूलाई ऐक्यबद्धता जनाउन आग्रह गरिएको सर्वोच्चका कर्मचारीहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *