‘शारदा/ढुण्डीराज-नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

काठमाडौँ । एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ ।

क्रियाशील आर्थिक पत्रकारहरूको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदा/ढुण्डीराज-नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्नेछ ।

भट्टराईले आफ्ना माता-पिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका हुन् ।

पुरस्कारका लागि आवश्यक पर्ने रकम भट्टराईले अक्षय कोषका रुपमा उपलब्ध गराउनेछन् । पुरस्कारसम्बन्धी सम्झौता पत्रमा बुधबार नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । १० लाख रुपैयाँ अक्षय कोषका रुपमा उपयोग गरिनेछ ।

सोही रकमको ब्याजबापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाई छनौट गरी पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *