मेरी बास्सैमा फर्किइन् ‘चम्सुरी’

काठमाडौँ । कलाकार पल्पसा डंगोल ‘चम्सुरी’लाई दर्शकले पुन: पर्दामा देख्न पाउने भएका छन् । दुवै मिर्गौला फेलपछि विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी उनी केही दिन अगाडि अभिनयमा फर्किएकी हुन् ।

आफू अभिनयमा फर्किएको डंगोलले मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘आज बेलुका ‘मेरी बास्सै हेर्नुहोला । म भेट्न आउँदैछु ।’

करिब ५ वर्षदेखि डायलाइसिस गराइरहेकी पल्पसा ६ महिना अगाडि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । उनको मिर्गौला प्रत्यारोपण गर्न बाँकी रहे पनि स्वास्थ्य स्थितिमा सकारात्मक सुधार आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *