डोल्पामा छायांकन हुँदै ‘बुलाकी’

काठमाडौँ । चलचित्र ‘बुलाकी’को छायांकन डोल्पामा भइरहेको छ । निर्माण टिम चलचित्रको छायाङ्कनका लागि तिहारअघि नै डोल्पा पुगेको हो । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा मोती विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका छन् ।

चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त, बिराज विष्ट, प्रकाश कँडेल, सरस्वती खत्री लगायतका कलाकार मुख्य भूमिकामा छन् । कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको चलचित्रमा शिव ढकालको छायांकन छ ।

चलचित्रमा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा, सोनु सेढाइँ, धनबहादुर राई, कमल गाउँले, अमित परियार लगायतको समेत अभिनय छ । सौगात कँडेल सह निर्माता रहेको ‘बुलाकी’ का गीतमा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *