मेयरले भने- प्रचण्डको स्वागतमा सार्वजनिक बिदा छैन

काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागतमा सार्वजनिक बिदा नदिइएको बताएको छ । नगरपालिकाले मंगलबार जारी सूचना सच्याउँदै ‘प्रचण्ड’ आउने भएका कारण सार्वजनिक बिदा नदिइएको बताएको हो ।

नगरप्रमुख अशोककुमार मण्डलले भुलवश प्रचण्ड आउने कार्यक्रमका लागि सार्वजनिक बिदाको सूचना जारी हुन पुगेको बताए । उनले आज अर्को सूचना निकालेर भुलवश सार्वजनिक बिदा उल्लेख भएको बताउँदै भाइबहिनीको पर्व ‘समा चकेवा’को अवसरमा आज र भोलि नगरपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू मात्र बिदा रहने जनाएका हुन् ।

यसअघि हिजो उनले नगरपालिकामा निर्माण गरिएका स्वास्थ्य केन्द्रहरूको उद्घाटन गर्न प्रचण्ड आउन लागेको भन्दै सार्वजनिक बिदा दिइएको सूचना जारी गरेका थिए । उक्त सूचनामा जनाइएअनुसार रामगोपालपुर २, ३, ४, ६, ७, ८ र ९ मा निर्माण हुन लागेको आधारभूत स्वास्थ्य केन्द्रहरूको प्रचण्डले आज उद्घाटन गर्नेछन् ।

यो पनि : प्रचण्डले आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने, दिइयो सार्वजनिक बिदा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *