अमेरिका र क्यानडामा रहेका नेपालीका लागि दुई रियालिटी शोको घोषणा

काठमाडौँ । अमेरिका र क्यानडामा रहेको नेपाली भाषीहरूलाई लक्षित गर्दै दुई रियालिटी शोको घोषणा गरिएको छ । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए-२’ र ‘मेरो डान्स कप यूएसए-४’ को घोषणा काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै गरिएको हो ।

यो दुवै रियालिटी शो इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गर्न लागेको हो । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट शो सुरु गर्ने जानकारी दिए । ‘मेरो डान्स कप यूएसए ४’को निर्णायकमा अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शङ्कर बिसी, अभिनेत्री केकी अधिकारी र नरमान राई रहेका छन् भने भ्वाइसका लागि प्रमोद खरेल निर्णायक हुन सक्ने अधिकारीले बताए ।

कार्यक्रम आयोजना हुनु अगाडि त्रिभुवन विमानस्थलमा अमेरिकाबाट आएका कलाकार तथा आयोजकको टिमलाई भव्य स्वागत गरिएको थियो । नायक दिलीप रायमाझी, नृत्य निर्देशक शङ्कर बिसी लगायतलाई भव्य स्वागत गर्दै कार्यक्रम आयोजनास्थलसम्म पुर्‍याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *