हराएकी दुलही खोज्दै तापसी र प्रतीक

एजेन्सी । बलिउड अभिनेत्री तापसी पन्नुले आफ्नो आगामी चलचित्रको विषयमा खुलासा गरेकी छन् । उनले आफूले चलचित्र ‘वो लड्की हे कहाँ’ मा काम गरिरहेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन् ।

यस चलचित्रमार्फत प्रतीक गान्धीले तापसीसँग स्क्रिन सेयर गर्दै छन् । चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै उनी लेख्छिन्, ‘प्रतीक गान्धी र म, जङ्गल पिक्चर्स तथा सिद्धार्थ रोय कपुर फिल्म्सको कमेडी चलचित्र ‘वो लड्की हे कहाँ’ का लागि पूर्ण रूपमा तयार छौ ।’

पोस्टरमा तापसी प्रहरीको बर्दीमा देखिएकी छन् । उनको हातमा म्याप छ भने प्रतीक दुलाहाको पहिरनमा छन् । प्रतीक हातमा दूरबिन लिएर दुलहीको खोजीमा छन् । दुलही खोज्ने क्रममा तापसी र प्रतीक बिचको विवादलाई चलचित्रमा रमाइलो तरिकाले देखाइने छ ।

अरशद सैयदले लेखेको चलचित्र उनी स्वयम्ले निर्देशन गर्दै छन् । हाल चलचित्रको छायांकन जयपुरमा चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *