‘बोबी’ अभिनेत्रीको पुस्तक विमोचन

काठमाडौँ । चलचित्र ‘बोबी’ की अभिनेत्री कविता गुरुङले लेखेको किताब सार्वजनिक भएको छ । उनले लेखेको किताब ‘म अनि मेरो’ सोमबार ललितपुरमा आयोजित एक समारोहमा विमोचन गरिएको छ । लेखिका गुरुङ स्वयम्ले उक्त पुस्तक विमोचन गरेकी हुन् ।

पुस्तकमा अभिनेत्री गुरुङले आफ्नो बाल्यकालदेखि वर्तमान अवस्थासम्म चित्रण गरेकी छन् । पुस्तकमा २१ वटा प्रसङ्गहरू समेटिएका छन् । ५५ हजार शब्दको उक्त पुस्तकमा लेखिका गुरुङले आफ्ना इन्जिनियर श्रीमान् उमेश थापालाई विशेष स्थान दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *