टेलिशृङ्खला ‘मेरो एउटा प्रेमकथा’ बन्ने

काठमाडौँ । टेलिशृङ्खला ‘मेरो एउटा प्रेमकथा’ बन्ने भएको छ । यस टेलिशृङ्खलामा विभिन्न सेलिब्रेटी तथा चर्चित व्यक्तिहरूको प्रेमकथा प्रस्तुत गरिनेछ ।

डिजी प्लेको प्रस्तुति रहेको शृङ्खलालाई सानु मुभिज र विनभ क्रियसन्सले निर्माण गर्नेछन् । छायाङ्कन विनोद श्रेष्ठ र सम्पादन सुनिल श्रेष्ठले गर्नेछन् ।

शृङ्खलाको शीर्ष गीत ज्योति खतिवडाको छ भने सुमन कपालीले संगीत दिनेछन् । शृङ्खला समीर जोशीको निर्देशनमा तयार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *