कानुन व्यवसायीको प्रतिक्रिया- ‘जबराको राजीनामा नआई वार्तामा बस्दैनौँ’

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले संवादका लागि अपिल गरे पनि कानुन व्यवसायीहरूले भने तत्काल वार्तामा नजाने बताएका छन् । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले तत्काल वार्तामा नजाने बताएका हुन् ।

न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि प्रधान न्यायाधीश जबराले राजीनामा दिनुपर्ने उनको तर्क छ । ‘प्रधान न्यायाधीशज्यूको राजीनामा नआई वार्तामा बस्दैनौँ,’ उनले भने, ‘वार्ताको कुनै औचित्य छैन । वार्ता गर्न नजाऔँ पहिला राजीनामा नै हुनुपर्छ ।’

महासचिव पौडेलले आफूहरूले शुरुदेखि नै जबराको राजीनामालाई बटम लाइन बनाएको र त्यसबाट पछि नहट्ने बताए । प्रधानन्यायाधीश जबराले विज्ञप्तिमार्फत आन्दोलनरत पक्षलाई विग्रहको बाटो छोडेर संवादमा आउन आग्रह गरेका थिए ।

यो पनि : आन्दोलनरत वकिलहरूलाई संवादमा आउन प्रधान न्यायाधीशको आग्रह (विज्ञप्तिसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *