आन्दोलनरत वकिलहरूलाई संवादमा आउन प्रधान न्यायाधीशको आग्रह (विज्ञप्तिसहित)

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका छन् । निजी सचिवालयमार्फत प्रेस विज्ञप्ति जारी गर्दै जबराले हाल न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न बार र बेन्चबीच संवाद हुनुपर्ने बताएका हुन् ।

उनले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयमा सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको उनले बताएका छन् । ‘सबै सरोकारवाला पक्षले आफ्ना जिम्मेवारीको सिंहावलोकन गर्दै स्वतन्त्र न्यायपालिकाको अस्तित्वलाई अझ सम्मानपूर्ण रूपमा अघि बढाउनुको विकल्प देखिँदैन,’ उनको विज्ञप्तिमा भनिएको छ,‘मैले अत्यन्त दुःखका साथ भन्नुपर्दछ, विगतका केही हप्ता हाम्रो न्यायपालिकाको इतिहासमा कहिल्यै हुन नहुने वा हुन नपर्ने घटनाहरूको कारणबाट स्मरण गरिनेछन् ।’

पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ त्यहीँबाट समाधानको सम्भावना खोज्न सकिने उनले आश्वासन दिएका छन् । ‘विद्यमान गतिरोधलाई तत्काल अन्त्य गरी बन्दी प्रत्यक्षीकरणसहित नागरिकको न्याय प्राप्त गर्ने मौलिक अधिकार तथा न्याय निरुपण गर्ने हाम्रो कर्तव्यलाई निरन्तता दिने वातावरण सिर्जना गर्नुपर्दछ भन्ने कुनै दुईमत रहनुपर्ने विषय होइन । यसको एकमात्र उपाय संवाद मात्रै रहेकाले तत्काल यसतर्फ संवेदनशील भइदिन सम्बद्ध सरोकारवाला पक्षमा फेरि एकपटक मेरो हृदयको गहिराइबाट हार्दिक आह्वान गर्दछु’ जबराको विज्ञप्तिमा लेखिएको छ ।

यस्तो छ प्रधान न्यायाधीश जबराको विज्ञप्ति :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *