मलिकाले छोडेपछि ‘सत्यम्’ मा भित्रिइन् उपासना

काठमाडौँ । चलचित्र ‘सत्यम्’ मा अभिनेत्रीको रूपमा उपासना सिंह ठकुरी भित्रिएकी छन् । यस अघि मलिका महतसँग सम्झौता भएकोमा उनले छाडेपछि निर्माण युनिटले उपासनालाई फाइनल गरेको हो । अभिनेता राजेश हमालको मुख्य भूमिका रहने चलचित्र शङ्कर कार्कीले निर्देशन गर्न लागेका हुन् ।

पल शाह, अनुप विक्रम शाही र अभय बरालको समेत मुख्य भूमिका रहने चलचित्रमा मिलन सिजापति, मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्ध सिंह, प्रवीण चापागाईँ, अन्विशा खड्की लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा योगेश काजीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *