भारतीय माओवादी नेता मिलिन्द तेलटुम्ब्डे प्रहरी मुठभेडमा मारिए

काठमाडौँ । भारतीय माओवादी नेता प्रहरीसगँको मुठभेडमा मारिएका छन् ।

सार्वाधिक खोजीको सूचीमा रहेका ती नेताको टाउको मूल्य ५० लाख तोकिएको थियो । महाराष्ट्रका विभिन्न हिंसात्मक गतिविधिमा संलग्न रहेको ठानिएका उनको टाउकाको मूल्य ५० लाख भारु तोकिएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय माओवादी नेता मिलिन्द्र तेलटुम्ब्डे महाराष्ट्रको गडचिरोली जिल्लामा मुठभेडमा मारिएका हुन् । प्रहरी कारबाहीमा मिलिन्दसहित २६ जना माओवादी कार्यकर्ता मारिएको जनाइएको छ ।

‘खतरनाक माओवादी’ भनेर चिनिने मिलिन्द फरार अभियुक्त सूचीमा समेत थिए । सन् १९९६ देखि नश्लवादी आन्दोलनमा लागेका उनलाई सुरक्षा निकायले खोजिरहेको थियो ।

भिडन्तपछि मिलिन्दसहित २६ जना माओवादीको शव बरामद भएको प्रहरीको भनाइ छ । मारिनेमध्ये २० जना पुरुष र ६ जना महिला छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *