वैकल्पिक बाटोबाट सर्वोच्च छिरे प्रधान न्यायाधीश

काठमाडौँ । कानुन व्यवसायीहरूको अवरोधका बाबजुद प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

नेपाल बार एसोसिएसन र सर्वोच्च परिसरमा कानुन व्यवसायीहरूद्वारा जारी आन्दोलनको बाबजुद कडा सुरक्षाबीच प्रधान न्यायधीश जबरा सर्वोच्च प्रवेश गरेका हुन् ।

प्रधान न्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने भनी उनीहरू धर्ना बसे पनि अर्को बाटो प्रयोग गरेर उनी अदालत प्रवेश गरेका हुन् । शुक्रबार पनि प्रधान न्यायाधीश जबरा यसै गरी अर्को बाटो प्रयोग गरेर अदालत छिरेका थिए ।

प्रधान न्यायाधीश जबराले तोकेका आफूबाहेकका न्यायाधीशहरूको १० इजलासमा २ सय ७२ मुद्दाको पेसी तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *