टी-ट्वेन्टी विश्वकप फाइनल आज

उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

काठमाडौँ । आइसिसी टी-ट्वेन्टी विश्वकप फाइनल क्रिकेटको फाइनल खेल आज हुँदैछ । दुबईमा नेपाली समय अनुसार राति ७:४५ बजे उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् ।

न्युजिल्यान्ड पहिलो पटक टी-ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको छ भने अस्ट्रेलिया योसहित दोस्रो पटक टी-ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको हो । अस्ट्रेलिया यसअघि २०१० मा वेस्टइन्डिजमा आयोजित टी-ट्वेन्टी विश्वकपको फाइनलमा इङल्याण्डसँग पराजित भएको थियो ।

दुवै आ-आफ्नो समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । यस विश्वकपमा न्युजिल्यान्डले सेमिफाइनलमा इङल्याण्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यसअघि सुपर १२ को समूह २ मा न्यूजील्याण्डले ५ मध्ये ४ खेल जितेर समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको थियो ।

त्यस्तै अस्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो । यसअघि सुपर १२ को समूह १ मा अस्ट्रेलिया दोस्रो हुँदै सेमिफाइनलमा पुगेको थियो ।

याे पनि : तीनै फर्म्याटमा नम्बर एक बन्न चाहन्छ न्युजिल्यान्ड

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *