टी-ट्वेन्टी विश्वकप फाइनल

तीनै फर्म्याटमा नम्बर एक बन्न चाहन्छ न्युजिल्यान्ड

काठमाडाैँ । कप्तान केन विलयमसनको न्युजिल्यान्डले अहिले विश्व क्रिकेटमा राज गरिरहेको छ । वर्तमानमा टेस्ट क्रिकेटको नम्बर एक टीम हो न्युजिल्यान्ड । त्यस्तै एकदिवसियको विश्व वरियतामा पनि शीर्ष स्थानमा छ किवी टीम ।

त्यही न्युजिल्यान्ड अहिले क्रिकेटको सर्वाधिक छोटो र रुचाइएको टी-ट्वेन्टी विधामा पनि विश्वकपको फाइनलमा स्थान बनाउन सफल भएको छ । भोलि (आइतबार) साँझ ७ः४५ बजेदेखि हुने फाइनलमा अस्ट्रेलियासँग उत्रँदै गर्दा सबै खाले फर्म्याटमा आफ्नो रवाफ स्थापित गर्न चाहन्छ किवी टीम ।

अब न्युजिल्यान्ड टेस्ट र एकदिवसिय पछि टी-ट्वेन्टीको पनि नम्बर एक टीम बन्न चाहन्छ । अहिलेसम्म यो उपलब्धि कुनैपनि टीमले हासिल गर्न सकेका छैनन् । त्यसैले कीवि टीमका लागि यो चुनौती कति सहज कति असहज समयले देखाउने छ । तर उसले छोटो संस्करणमा देखाएको रवाफ लोभलाग्दो छ ।

नम्बर एक हुन के गर्नु पर्छ ?
यदि न्युजिल्यान्ड विश्वकपको फाइनलमा अस्ट्रेलियालाई हराउन सक्यो भने पनि  टी-ट्वेन्टी अन्तर्राष्ट्रियमा नम्बर एक टीम हुने छैन । नम्बर एकमा उक्लनका लागि १७ नोभेम्बर देखी भारतसँग हुने  टी-ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा भारतलाई ३-० ले पराजित गर्नु पर्ने छ ।

अहिले किवी टीम विश्व नम्बर ४ मा छ ।  टी-ट्वेन्टी वरियतामा इंग्ल्यान्ड नम्बर एक रहेको छ । न्युजिल्यान्ड २०१९ मा भएको विश्वकप फाइनलमा इंग्ल्यान्डसँगको पराजयको बदला लिँदै फाइनलमा पुगेको छ । अब उसको नजर  टी-ट्वेन्टी विश्वकपमा अस्ट्रेलियालाई पराजित गर्नेमा हुने छ । त्यसपछि उसको लक्ष्य तीनै फर्म्याटमा नम्बर वान हुने तर्फ हुने छ । किनकि उसले भारतलाई नोभेम्बरमा हुने सिरिजमा जित निकाले यो उपलब्धि हासिल गर्ने छ ।

त्यसो त न्युजिल्यान्ड २०१५ को एकदिवसिय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । त्यसैले न्युजिल्यान्ड अस्ट्रेलियासँग कम्तीमा टी-ट्वेन्टीको विश्वकप फाइनलमा बदला लिने ध्याउमा हुने छ । त्यसो दुवै टीमले टी-ट्वेन्टी विश्वकपमा एक पटक पनि उपाधि जितेका छैनन् । त्यसैले दुबैका लागि यो क्षण साँच्चिकै सम्झनलायक हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *