झलनाथ भन्छन्ः

‘विद्रोह भनेको विभाजन होइन’ (पूर्णपाठ)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले विद्रोह विभाजन नभएको जिकिर गरेका छन् । ‘विद्रोह जहिले पनि यथास्थितिवाद र पश्चगमनवादविरुद्ध हुन्छ,’ नेता खनालले पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको दस्ताबेजमा भनेका छन्, ‘विद्रोह जहिले पनि नवीनताका लागि हुन्छ ।’

आफूहरूले पनि अग्रगतिमा बाधा पुर्‍याउनेविरुद्ध विद्रोह गरेको नेता खनालको भनाइ थियो । ‘विद्रोह जहिले पनि क्रान्तिकारी परिवर्तनका निम्ति हुन्छ,’ नेता खनालले भने, ‘एउटा प्रणाली र पद्धतिलाई तोडेर नयाँ प्रणाली विकास विद्रोहले नै गर्छ ।’

आफ्नो ब्रिफिङ्गमा नेता खनालले एकीकृत समाजवादीको मार्गनिर्देशन जनताको बहुदलीय जनवाद नभएकोसमेत प्रष्ट पारेका छन् । ‘अब जबज हाम्रो मार्गनिर्देशन होइन,’ उनले भनेका छन्, ‘मार्क्सवाद र लेनिनवाद नै हाम्रो मार्गनिर्देशन हो । यही बाटो हिँडियो भने मात्रै हामीले भन्ने गरेको समाजवादसम्म पुगिन्छ ।’

माधवकुमार नेपालले एमाले फुटाएर एकीकृत समाजवादी बनाएका हुन् । उनले पनि विद्रोह विनास नभएको दोहोर्‍याउँदै आएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *