मंसिर ४ मा ‘रिभेन्ज’ चलचित्रको विशेष शो

काठमाडौँ । डिएस डिजिटल सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘रिभेन्ज’ को विशेष शो गरिने भएको छ । शङ्कर अधिकारी घायलको लेखन/ निर्देशन रहेको चलचित्रको विशेष शो यही मंसिर ४ गते इटहरीको इलाइट सिनेमामा हुने भएको हो ।

रबिन श्री, विशाल अग्रवाल, रेणु थापा, प्रीतिका शर्मा, पदम सुनार, गङ्गा कुँवर, पुष्पराज नेपाल ,खगेन्द्र घिमिरे र आर जे भिलेनको अभिनय रहेको चलचित्रमा कृष्ण पाण्डेको छायांकन रहेको छ ।

देव महर्जनको द्वन्द्व , राजन महर्जनको नृत्य, विश्वास भण्डारी र अञ्जलि थापाको सम्पादन चलचित्रमा रहेको छ । मोहन गमालको प्रस्तुति रहेको चलचित्रमा अमन कुमार देव को निर्माण रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *