‘कौशी’मा पचली भैरवको प्रेम कथा (तस्बिरहरु)

काठमाडौँ । टेकुस्थित कौशी थिएटरमा चन्द्रमान मुनिकारद्वारा निर्देशित सांस्कृतिक नाटक ‘पचली भैरव’ मञ्चन भइरहेको छ । बज्र कला कुञ्जले प्रस्तुत गरेको नाटकमा  सुदनमान मुनिकार र श्रृष्टिना मुनिकारको मुख्य भूमिका रहेको छ ।

पचली भैरवको प्रेम कथासँग जोडिएको नाटक यही कार्तिक २५ गतेदेखि मङ्सिर ४ गतेसम्म मञ्चन हुनेछ । नाटकलाई इँगिहोपो कोंइच सुनुवारले नाट्य रूपान्तरण गरेका हुन् । धेरैजसो लिखित तथा मौखिक कथाहरू र पौराणिक भनाइका आधारमा नाटक तयार पारेको निर्देशक मुनिकार बताउँछन् ।

तस्बिरहरु…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *