एकीकृत समाजवादीले जबज नमान्ने

काठमाडौँ । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद नमान्ने भएको छ । शनिवार बसेको केन्द्रीय कमिटी बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले भने, ‘अब जबज हाम्रो मार्गसिद्धान्त हुन सक्दैन । अब मार्क्सवाद लेनिनवाद नै हाम्रो मार्गदर्शक सिद्धान्त हो ।’

एमालेमा रहँदा वरिष्ठ नेता रहेका माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीले यसअघि ‘जबज मान्ने कि नमान्ने ?’ भन्ने विषयमा पार्टी नै अन्योलमा थियो । नेता खनालले थपे, ‘पूर्णरूपमा हामी जबज मान्दैनौँ ।’ याेसँगै एकीकृत समाजवादीले एमालेले अवलम्बन गर्ने मार्गदर्शक सिद्धान्त जबज नमान्ने प्रष्ट भएको हो ।

मार्क्सवाद लेनिनवाद अवलम्बन गरियो भने मात्रै आफूहरूले भन्दै आएको सुखी नेपाली र समृद्ध नेपालसम्म पुग्न सकिने नेता खनालको दाबी थियो । उनले भने, ‘यसो गरियो भने मात्रै हामी ठिक ठाउँसम्म पुग्न सकिन्छ । यसो हुँदा मात्रै समाजवादसम्म पुग्न सक्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *