ओली दक्षिणपन्थमा हिँडेपछि आफैँले बनाएको पार्टीविरुद्ध विद्राेह गर्‍याैँ : खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओली दक्षिण पन्थमा हिँडेको आरोप लगाएका छन् । शनिवार बसेको केन्द्रीय कमिटीकाे बैठकमा ब्रिफिङ्ग गर्दै नेता खनालले यस्तो बताएका हुन् । ‘कहिलेकाहीँ आफैँले बनाएको संगठनविरुद्ध विद्रोह गर्नुपर्ने हुनसक्छ,’ नेता खनालले भने, ‘हाम्रो सन्दर्भमा यही भयो । हामीले आफैँ बनाएको पार्टीविरुद्ध विद्रोह गर्नुपर्ने भयो र हामीले गर्‍याैँ ।’

विद्रोहले नयाँ कुरा जन्माउने नेता खनालले बताए । नेकपा (एमाले) लाई दक्षिणपन्थी गुटको संज्ञा दिँदै नेता खनालले भने, ‘एमाले दक्षिण पन्थ र पूँजीवादी पन्थमा हिँडेपछि हामीलाई विद्रोह गर्न करै लाग्याे । गर्नैपर्ने भयाे र हामीले गर्‍याैँ पनि ।’

अब आफ्नाे पार्टी एकीकृत समाजवादीले नेपालको कम्युनिष्ट आन्दोलनलाई संगठित गर्दै अगाडि बढ्ने उनकाे भनाइ थियाे । भने— ‘हाम्राे पार्टी विद्राेह गरेर आएकाे पार्टी हाे । यसले केही नयाँ कुरा जन्माउँछ । अब नेपालमा तितरबितर भएकाे कम्युनिष्ट आन्दाेलनलाई जाेड्नुपर्ने छ । हाम्राे पार्टीकाे अभिभारा यही हाे र हामीले याे गर्नेछाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *