यस्तो छ चलचित्र ‘ओभरडोज’ ट्रेलर

काठमाडौँ । सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘ओभरडोज’को ट्रेलर सार्वजनिक भएको छ ।

अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनमा आधारित चलचित्रमा लागु औषध र अपराधको कथा देखाउन खोजिएको छ । चलचित्रमा प्रनिसराज पन्त, सविन जंग थापा र बिना श्रेष्ठ, गौरव गुरुङ, स्वामी डिलेलगायतको अभिनय रहेको छ ।

अङ्ग्रेजी र नेपाली दुई भाषामा बनेको चलचित्रको मे १५ मा टेक्सस राज्यको डलासमा प्रिमियरको तयारी चलिरहेको छ । दादा प्रोडक्सन हाउसको निर्माण रहेको चलचित्रमा साजन कार्कीको सम्पादन रहेको छ । चलचित्र आगामी १७ मंसिरमा सार्वजनिक प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *