पूजा र आकाश अभिनीत ‘सम्हालिन्छ कहिले मन’ को प्रदर्शन मिति तय

काठमाडौँ । सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । निर्माण टिमले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै आउँदो फागुन २७ गतेबाट चलचित्र प्रदर्शनमा आउने जानकारी गराएको हो ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो चलचित्रबाट नायकको रूपमा सोनम तोप्देनले डेब्यू गर्दै छन् । भारतीय मूलका उनी गायक समेत हुन् ।

सौरभ लामाको छायांकन रहेको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजित कुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अङ्कित गौतम छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *