ग्लोकल आफ्टर स्कूलले अनलाइन हाजिरीजवाफ गर्ने

काठमाडाैँ । ग्लोकल आफ्टर स्कुलले किङ्स कलेजको सहकार्यमा ‘नलेज मेस्ट्रो-किङ्स एजुकेसन’ एक दिने अनलाइन हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको छ । प्रतियोगितामा १६-२४ वर्षका युवावर्गले नि:शुल्क प्रतिस्पर्धा गर्नेछन् ।

यस प्रतियोगिता युवाहरुको बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको ग्लोकल स्कुलले जनाएको छ । विगतका दिनहरूमा नलेज मेस्ट्रोको ३ संस्करणहरू सफलता पूर्वक आयोजना गरिएको थियो । प्रतियोगिता नोवेम्बर २७ तारिकका दिन सन्चालन गरिनेछ ।

प्रतियोगितामा विजेताले नगद १० हजार, १०० प्रतिशत बीएसआईटीको ट्युसन शुल्कमा छात्रवृत्ति, पहिलो रनर अपले पाँच हजार, २५ प्रतिशत बीएसआईटीको ट्युसन शुल्कमा छात्रवृत्ति, दोस्रो रनर अपले २५ प्रतिशत बीएसआईटीको ट्युसन शुल्कमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।

प्रतियोगिता एकल राउण्डमा सन्चालन गरिने छ । प्रतियोगिताका लागि आवेदन खुलेको छ र यसका लागि इच्छुक प्रतियोगीहरुले (लिंक) मा दर्ता गराउनू पर्ने छ । आवेदन भर्ने अन्तिम मिती नोवेम्बर २५, २०२१ निर्धारण गरिएको छ ।

प्रतियोगी १६ देखि २४ वर्ष उमेर समुहको हुनु पर्ने, प्रतियोगीसँग २ उपकरण हुनुपर्ने (प्राथमिकता ल्यापटप, मोबाइल) सहभागीहरूसँग नेटवर्क जडान हुनुपर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *