भारतीय अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ । भारतीय अभिनेत्री कंगना रनौत आफ्नो अभिव्यक्तिका कारण विवादमा परिरहन्छिन् । उनी पुनः विवादमा तानिएकी छन् । उनीविरुद्ध प्रहरीमा उजुरीसमेत परेकाे छ ।

उनी एक राष्ट्रिय मिडिया नेटवर्कको वार्षिक समिटमा गेस्ट स्पिकरको रूपमा उपस्थित भएर दिएकाे अभिव्यक्तिका कारण अहिले पुन: विवादमा तानिएकी हुन् । उनले बाेल्ने क्रममा भारतको स्वतन्त्रतालाई ‘भिखको संज्ञा’ दिएकी थिइन् । साेही अभिव्यक्तिका कारण उनी अहिले विवादमा परेकी हुन् ।

कतिपयले त उनलाई देशद्रोहीको आरोप नै लगाएका छन् । यही आराेप लगाउँदै उनीविरुद्ध आम आदमी पार्टीकी राष्ट्रिय सदस्य प्रीती शर्माले मुम्बर्य प्रहरीमा उजुरी दर्ता गराएकी छन्

हालसालै कंगनाले पाएको पद्यश्री अवार्ड फिर्ता लिन बलिवुड कलाकार तथा राजनीतिक दलहरूले माग गरेका छन् । कंगनाको समर्थन गर्ने भारतीय जनता पार्टीेसमेत यसपटक उनको विरोधमा उत्रिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *