युट्युबमा सलिनमानको चलचित्र ‘यात्रा’ सार्वजनिक

काठमाडौँ । चलचित्र ‘यात्रा : अ म्यूजिकल भ्लग’ युट्यूबमा सार्वजनिक भएको छ । व्यवसायिक सफलता पाउन नसेको यस चलचित्रको मुख्य भूमिकामा नायक सलिनमान बनियाँ छन् ।

उनको साथमा मल्लिका महत, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्रचार्यलगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा बाल–कलाकार अंकित संग्रौला र एन्जल राइलाई पनि देख्न सकिन्छ ।

यो चलचित्रलाई जर्नी लभ स्टोरी भनिएको छ । सम्राट शाक्यको निर्देशनमा तयार भएको चलचित्रलाई केशव भट्टराई र सुशिल पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *