आजबाट ‘द भोइस किड्स’ प्रसारण हुँदै

काठमाडौँ । विश्वभर हुँदै आएको बालबालिकाको गायन रियालिटी शो ‘द भोइस किड्स’ आजबाट नेपालमा प्रसारण हुने भएको छ । यो शो हिमालयन टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ ।

नेपालमा पहिलो पटक हुँदै गरेको शोलाई लिएर टिम उत्साहित छ । शोमा ६ देखि १४ वर्षका बालबालिकाहरूले सहभागिता जनाएका छन् ।

शोको जजका रुपमा प्रमोद खरेल, राजु लामा‚ प्रविशा अधिकारी र मिलन नेवार रहनेछन् । लक्ष्मण पौडेलको निर्देशनमा तयार शो सुशील नेपालले संचालन गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =