‘स्क्विड गेम’को दोस्रो सिजनको योजनामा ह्वांग डोङ ह्युक

एजेन्सी । नेटफ्लिक्समा रिलिज भएको ‘स्क्विड गेम’ जी दोस्रो संस्करण आउने भएको छ । सिरिजका निर्माता, लेखक तथा निर्देशक ह्वांग डोङ ह्युकले सिरिजको दोस्रो संस्करण आउने तयारी चल्दै गरेको बताएका छन् ।

उनले सिरिजको प्रमुख पात्र गी हून नै रहे पनि कथा भने भिन्न रहने खुलाएका छन् । हालै एक अन्तरवार्तामा ह्वांगले दोस्रो संस्करणका विषयमा योजना बनिरहेको खुलाएका थिए ।

कोरियाली थ्रिलर सिरिज ‘स्क्विड गेम’ले ऋणमा परेका व्यक्तिका सन्तानलाई खतरनाक खेल खेलेर पैसा जित्ने कथा देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seventeen =