दुबईमा रम्दै हमाल दम्पती

काठमाडौँ । अभिनेता राजेश हमाल छुट्टी मनाउँदै छन् । लामो समयपछि अभिनयमा फर्किन लागेका राजेश चलचित्र ‘सत्यम’ को वर्कसप सकेसँगै दुबई भ्रमणमा गएका हुन् । उनी श्रीमती मधुको साथ दुबई पुगेका थिए ।

भ्रमणको क्रममा रमेका तस्बिर तथा भिडिओ उनले सामाजिक सञ्जालमा सेयर गरेका छन् । त्यहाँ राजेश र मधु दुवै जना धेरै खुसी देखिएका छन् । हिजो उनीहरूको भ्रमणको अन्तिम दिन ।

हिजोका ताजा तस्बिर समेत राजेशले सञ्जालमा सेयर गरेका छन् । केही दिन अघि मात्रै जन्मदिन मनाएकी मधुलाई खुसी बनाउन उनले यो घुमघामको योजना बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =