एमाले सुनसरीमा तनाव, बैठकमै माइक खोसाखोस

विराटनगर । नेकपा एमाले मोरङको विवाद उत्कर्षमा पुगेको छ । १० बुँदेअनुसार २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर दुई पक्षबीच विवाद बढेको हो । ईनरुवामा बोलाइएको नेकपा एमालेको बैठकमा दुई समूहबीच माइक खोसाखोस भएको हो ।

ओमसाई पार्टी प्यालेसमा बैठक बोलाइएको थियो, बैठकमा २ जेठको विषयमा विवाद भएपछि दुई समूहबीच माइक खोसाखोस भएको थियो । सुनसरीमा २ जेठका अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले गत पुसमा अध्यक्ष बनाएका रेवतीरमण भण्डारी समूहबीच विवाद बढ्दै गएको थियो । विवादका कारण नगर तथा जिल्ला अधिवेशनहरूसमेत प्रभावित हुँदै आएको छ ।

दुवै समूहबीच विवाद बढ्दै जाँदा दुवैलाई हटाएर तेस्रो व्यक्ति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज धर्म निरौलाको अध्यक्षतामा बैठक बसेपछि कार्यक्रमको अध्यक्षता आफूले गर्न पाउनुपर्ने भन्दै पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक खोसेका हुन् ।

बस्नेतलाई आफूले कार्यवाहक अध्यक्ष दिएकाले आफू नै त्यो बेलाको अध्यक्ष दाबी गरेका चौधरीले अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अध्यक्ष निरौला हुन नमिल्ने भन्दै चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव भएको छ ।

चौधरीको हातबाट पुनः माइक खोस्न कार्यकर्ताहरू मञ्चमै चढेपछि त्यहीँ थप विवाद भएको छ । माइक खोसेपछि चौधरी कार्यक्रम स्थलबाट बाहिरिएका छन् । जेठ २ मा फर्किने हो भने आफ्नो अध्यक्षतामा बैठक हुनुपर्ने चौधरीले भन्दै आएका छन् । यसअघि धरानको नगर अधिवेशनमा दुई समूहले नै अध्यक्ष भएको दाबी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *