नेपाल भन्छन्- ‘हाम्रो पार्टी नेकपा एस, एमाले नेकपा नो’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नेकपा एस र एमाले नेकपा नो भएको रमाइलो अभिव्यक्ति दिएका हुन् । एस ‘इन’ भएपछि एमाले ‘आउट’ हुने उल्लेख गर्दै नेपालले भने, ‘हाम्रो पार्टीलाई कसैले नेकपा एकीकृत समाजवादी पनि भन्छन्, कसैले नेकपा एस पनि भन्छन् । हामीलाई नेकपा एस भन्नेले एमालेलाई नेकपा नो भन्दिँदा रहेछन् । यो एस, त्यो नो । यो इन, त्यो आउट । जब यो इन हुन्छ, अर्को आउट हुन्छ हुन्छ ।’

पार्टीको काम लिएर डडेल्धुरा पुगेका नेपालले थपे, ‘अहिले नेकपा एमाले डडेल्धुरामा आउट भएको छ । नेकपा एस इन भएको छ ।’ नेपालले डडेल्धुरा एमाले अध्यक्षलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् । यही सन्दर्भमा उनले यस्तो बताएका हुन् ।

यस्तै नेपालले एमाले ओलीको मुठीमा भएको टिप्पणी गरे । भने— ‘हामीले घर ठानेका थियौँ । त्यो त जेल पो भएछ । जेल भएपछि विद्रोह हुन्छ कि हुँदैन ? त्यो घर रहेन । जेलमा परिणत भयो । हामीले विद्रोह गरेर जेलको पर्खाल तोडिदिएका छौँ ।’

यस्तै नेपालले सूर्यको कुरा गरिरहन आवश्यक नरहेको बताए । सूर्य चिह्न ल्याउने आफैँ नै रहेको नेपालको भनाइ थियो । ‘ सूर्यकाे कुरा के गर्नु ? सूर्यै चिह्न ल्याउने मै हुँ । अरू कसैले ल्याएकाे हाेइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *