डडेल्धुराका एमाले नेता तारा जोशी टीमसहित नेकपा (एस)मा प्रवेश

डडेल्धुरा । नेकपा एमाले डडेल्धुराका तत्कालीन अध्यक्ष डाक्टर तारा जोशीको टीम नेकपा (एकीकृत समाजवादी)मा प्रवेश भएको छ । उनको टीमलाई नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गराएका हुन् ।

उनीसहित १४ जना भ्रातृ संगठनका प्रमुखको टीमसमेत समाजवादीमा प्रवेश गरेको छ । जोशी नेकपा एमाले र नेकपामा हुँदा डडेल्धुरा जिल्लाका अध्यक्ष थिए ।

एमालेले जोशीलाई हटाएर अध्यक्षको जिम्मेवारी प्रकाश साउँदलाई दिएपछि उनी कतै खुलेका थिएनन् । अध्यक्ष केपी शर्मा ओलीको यो निर्णयपछि उनी असन्तुष्ट थिए ।

एमालेले डडेल्धुरामा गाउँ तथा नगर अधिवेशनमा जोशी समूहलाई जानकारी नै नगराई एकलौटी रुपमा नेतृत्व चयन गरेको आरोप पनि छ ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका सुदूरपश्चिम प्रदेश ईन्चार्ज गरिमा शाह, स्थायी कमिटी सदस्य भानुभक्त जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, सांसद निरा जैरु, सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीलगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *