गुरुङकाे दाबी:

‘मुलुकमा भएका परिवर्तनहरू एमालेले गरेको हो’

काठमाडौ । नेकपा (एमाले) नेता पृथ्वीसुब्बा गुरुङले मुलुकमा भएका सकारात्मक परिवर्तनहरूको श्रेय एमालेलाई जाने दाबी गरेका छन् । ‘३५ सालयता एमाले आमूल परिवर्तन गरिरहेकाे छ,’ गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्रीसमेत रहेको गुरुङले भने, ‘पञ्चायत र राजतन्त्र फाल्नेदेखि लिएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनेसम्मकाे काम एमालेले गरेको हो ।’

३५ सालमा माले गठन नभएको भए ४६ सालमा पञ्चायतसमेत नढल्ने ठोकुवा नेता गुरुङको थियो । ‘३५ सालमा गठन भएको मालेले छत्तीस, सैँतीस सालतिर, जनमत संग्रहतिर राम्रो भूमिका खेल्यो । त्यो चाहिँ कुशल नेतृत्वको कारणले हो । मदन भण्डारीको कुशल नेतृत्व थियो त्यतिबेला पार्टीमा । जनताको बहुदलीय जनवाद स्थापित भयो । त्यसपछि यी सबै परिवर्तनहरू हुँदै आयो । एमलेले गर्दै आयो ।’

गुरुङले एमाले जनताको दल भएकोसमेत बताए । स्थापना कालदेखि नै एमाले जनताको साथमा रहेको गुरुङको दाबी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *