लिपुलेक-कालापानी क्षेत्रमा पनि जनगणना गरिने

काठमाडौँ । लिपुलेक-कालापानी क्षेत्रमा पनि जनगणना गरिने भएको छ । यसबारे बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको हो । विभाग उपमहानिर्देशक हेमराज रेग्मीले भने, ‘यसपालीदेखि लिपुलेक, लिम्पियाधुरा र आसपासमा रहेका नेपाली भूमि र वस्तीहरूमा पनि जनगणना गरिनेछ ।’

राष्ट्रिय जनगणना कात्तिक २५ (भोलि) देखि शुरू हुँदैछ । यसअघि नै भइसक्नुपर्ने जनगणना कोरोना भाइरसका कारण ढिलोगरी शुरू हुन लागेको हो । यसअघि अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारीसँगै विभिन्न संघ संगठनहरूले उक्त क्षेत्रमा जनगणना सञ्चालन हुनुपर्ने माग गर्दै आएका थिए ।

उक्त क्षेत्रमा झन्डै ६ दशकयता भारत सरकारले कब्जा जमाउँदै आएकाे थियाे । तत्पश्चात् उक्त क्षेत्रलाई समेत समेटेर ०७७ जेठ ५ गते बसेकाे मन्त्रिपरिषद् बैठकले नेपालकाे नयाँ नक्सा पारित गरेकाे थियाे । त्यसपछि नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *