राष्ट्रिय सहमतिबिना एमसीसी अघि बढ्दैन : माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति र संशोधनबिना एमसीसी अगाडि बढ्न नसक्ने बताएको छ ।

माओवादी पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले एमसीसीका कतिपय बुँदा आपत्तिजनक रहेको भन्दै ती परिमाजर्जन नभई र सबै दलको राष्ट्रिय सहमति कायम नभई एमसीसी अगाडि बढ्न नसक्ने बताए ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई अघि बढाउन आफू र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेको अभिव्यक्ति दिएपछि यस विषयमा तर्क/वितर्क हुँदै आएको थियो । एमसीसीबारेका टिकाटिप्पणीप्रति पार्टीको ध्यानाकर्षण भएको पनि उनले बताए ।

माओवादीले न्यायालयमा भइरहेको आन्दोलनका विषयमा कुनै हस्तक्षेप नगर्ने र समस्यालाई न्यायालयले नै टुङ्ग्याउनुपर्ने निष्कर्ष बैठकले निकालेको महराले बताए ।

बैठकले पुष ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए । माओवादीको प्रदेश पदाधिकारी टुङ्गाउने विषयमा छलफल गरी प्रदेशका केन्द्रीय सदस्यहरूसँग पार्टी अध्यक्ष प्रचण्डले परामर्श गरेर पदाधिकारीको नाम टुङ्ग्याउने निर्णयसमेत बैठले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *