राजीनामा दिन्नँ : प्रधान न्यायाधीश

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले कुनै हालतमा राजीनामा नदिने र संवैधानिक बाटोबाहेक कुनै पनि तरिकाले पद नछाड्ने संकेत गरेका छन् ।

कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले राजीनामा नदिने बरु आफूलाई प्राप्त अधिकार प्रयोग गरेर सर्वोच्च अदालत सञ्चालन गर्ने बताएका हुन् ।

ज्ञापन पत्र बुझाउन गएका अभियानका संयोजक अधिवक्ता शिव अर्यालले न्यायपालिकामा देखिएको संकटबारे प्रधान न्यायाधीश जानकार रहेको बताउँदै संविधानबमोजिम आफ्नो नियुक्ति भएकाले संविधानबमोजिम नै बहिर्गमन हुन चाहेको बताएको जानकारी दिए ।

प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसक्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन् । नेपाल बारले जबराको राजीनामा माग्दै दोस्रो चरणको विरोध कार्यक्रम गरिरहेको छ ।

अभियानले सर्वोच्च अदालतमा सुनुवाइ नियमित गर्न, नेपाल बारले उठाएका जायज माग पूरा गर्न र न्यायपालिकामा देखिएका विकृति विसंगति अन्त्य गर्ने पहल थाल्न प्रधान न्यायाधीशलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =