तीन प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छिन् । साेमबार बसेको मन्त्रिपरिषद्काे निर्णयानुसार राष्ट्रपति भण्डारीले प्रदेश नं. १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।

सँगै राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । प्रदेश नं. १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नियुक्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *